|

बजेट र बिधयेक पारित गर्न सिदिङ्वाले बोलायो भदौ २ गतेका लागि गाउँसभा बैठक

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन ३१ । साउन २६ मा प्रस्तुत गाउँपालिकाको नीति,कार्यक्रम र बजेट पारित गर्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले भदौ २ मा गाउँसभा बैठक बोलाएको छ । प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले भदौ २ को बिहान १० बजेका लागि बैठक बोलाइएको जानकारी दिनुभयो । सो गाउँसभा बैठकले चालू आर्थिक बर्ष २०७८।०७९ का लागि प्रस्तुत नीति,कार्यक्रम र बजेट तथा बिभिन्न कानुनकहरुको बिधयेक पारित गर्ने कार्यसूची रहेको छ ।

संबैधानिक व्यवस्था अनुसार स्थानीय तहले हरेक बर्षको असार १० भित्र आगामी आवका लागि नीति,कार्यक्रम र बजेट प्रस्तुत गरिसक्नुपर्ने हुन्छ । पालिका अध्यक्ष नरबहादुर कडरियालाइ कोरोना संक्रमण भएपछि असार १० मा बजेट ल्याउन नसकेको सिदिङ्वाले असार ३० मा बजेट ल्याउने गरी गाउँसभाको सातौं अधिबेशन डाकेको थियो । त्यसको केहिदिन पछि नै पालिकाका प्रत्येक वडामा कोरोना संक्रमित थपिए पछि पालिकाले सो बेलाको सभा पनि स्थगित गरी साउन २५ का लागि बोलाइएको थियो । साउन २५ गते अपरान्ह २ः०० बजेका लागि बोलाइएको बजेट अधिबेशन सहितको गाउँसभा अघि पालिकाको प्रशासनिक भवन बनाउने र बजेट बिनियोजन गर्ने बिषयमा बिबाद भएपछि बजेट साउन २६ गते अपरान्ह मात्र प्रस्तुत भएको थियो । ताप्लेजुङका ९ स्थानीय तह मध्ये सिरिजंगाले असार ३ मा,मेरिङ्देनले असार ९ मा र फुङ्लिङ नगरपालिका सहित फक्ताङ्लुङ,मिक्वाखोला,आठराइ त्रिबेणी,पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिकाले असार १० मै चालू आवका लागि नीति,कार्यक्रम र बजेट प्रस्तुत गरिसकेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts