|

पाथीभरा याङ्वरक गाउँपालिकाको बजेट ४२ करोड बढीको,आन्तरिक आम्दानी भने २३ लाख हाराहारी हुने प्रक्षेपण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १० । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ लागि ४२ करोड २९ लाख ६८ हजार २ सय ९० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहीबार सम्पन्न १० औं गाउँसभामा उपाध्यक्ष रनमाया गुरुङले आव २०७८÷०७९ का लागि चालुतर्फ २७ करोड ४२ लाख १८ हजार १ सय ९० र पुँजीगततर्फ १४ करोड ८७ लाख ५० हजार १ सय रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको हो । पालिकाले आगामी आवका लागि बजेट तयार गर्दा संघीय र प्रदेश सरकारबाट प्राप्त बित्तीय समानीकरण,सर्सत,समपुरक र राजश्व बाँडफाँड,आन्तरिक स्रोत र चालू आर्थिक बर्षको नगद मौज्दात(अल्या)लाइ समेत आधार मानेको छ । पाथीभरा याङ्वरक गाउँपालिकाकाले संघीय सरकारबाट बित्तीय समानीकरणमा ११ करोड २१ लाख,सर्सत अनुदानतर्फ १७करोड ६८ लाख,बिशेष अनुदानतर्फ १ करोड ६६ लाख र राजश्व बाँडफाँडतर्फ ५ करोड ६३ लाख ६० हजार गरी कूल ३६ करोड २० लाख ६० हजार रुपैंया प्राप्त हुने बजेट सिलिङ पाएको थियो । प्रदेश सरकारबाट बित्तीय समानीकरणमा ६४ लाख १८ हजार,सर्सत अनुदानमा ५ लाख ६२ हजार,समपुरक अनुदानमा १ करोड र राजश्व बाँडफाँडतर्फ २५ लाख ७८ हजार २ सय ९० रुपैंया गरी कूल १ करोड ९५ लाख ५८ हजार २ सय ९० रुपैंया अनुदान पाउने गरी बजेट सिलिङ पाएको थियो । पालिकाले मालपोत कर समेत गरी कूल २३ लाख रुपैंया आन्तरिक आम्दानी गर्ने र बाँकी रकम नगद मौज्दात(अल्या)बाट व्यहोर्ने गरी सभा ४२ करोड हाराहारीको बजेट ल्याएको हो । दशौं गाउँसभा अधिबेशनमा पालिका अध्यक्ष केशरकुमार सुब्बाले स्थानीय सरकार सर्वसहमतिमा सञ्चालन हुने र सबैलाइ बराबर दृष्टीकोणले हेर्ने तहको सरकार भएको भन्दै त्यहिँ भएर स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्षको कल्पना नगरिएकोमा जोेड दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts