|

पालिकाभरी कार्यरत शिक्षकलाइ पाथीभरा याङ्वरकले भन्यो‘यथाशीघ्र बिद्यालयमा हाजिर हुनू’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ५ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर कार्यरत बिद्यालयमा यथाशीघ्र हाजिर हुन पालिका भरीका सबै शिक्षकहरुलाइ उर्दी गरेको छ । शिक्षा अधिकृत लासाङ तामाङले सूचना जारी गर्दै असार १ बाट शैक्षिक सत्रको सुरुआत भइसकेकोले अब सबै स्वास्थ्य सुरक्षाका मादण्ड अपनाएर बिद्यालय सञ्चालनको प्रकृयामा केन्द्रित हुन पालिका भरीका सामुदायिक तथा संस्थागत बिद्यालयहरुलाइ आग्रह गर्नु भएको छ । उहाँले जारी गरेको सूचना अनुसार पालिका भरीका बिद्यालयले अब असार २० सम्म बिद्यार्थी भर्ना अभियान चलाउनुपर्ने हुन्छ । पालिकाले पाठ्यपुस्तक तथा छात्रबृत्ति समेत समयमै बितरण गरी सो को भरपाइ पालिकाको शिक्षा,युवा तथा खेलकुद शाखामा पठाउन समेत भनेको छ ।

यस्तै पालिकाले २०७८ सालको शैक्षिक सत्र तथा बार्षिक कार्ययोजना तथा शैक्षिक सामग्री निर्माण गर्ने÷गराउने प्रवन्ध गर्न र बिद्यालय सुधार योजना तयार पार्न समेत पालिका भरीका सबै बिद्यालयहरुलाइ परिपत्र गरेको छ । सम्पूर्ण स्थायी शिक्षकहरुले शैक्षिक सत्र २०७७ को तोकिएको ढाँचामा कार्य सम्पादन मूल्याङ्कन फाराम भरी भराइ असार मसान्त सम्ममा बिद्यालयमा दर्ता गराइ त्यस लगत्तै पालिकाको शिक्षा,युवा तथा खेलकुद शाखामा बुझाउन समेत गाउँपालिकाले पालिकाभरीका सबै बिद्यालयहरुलाइ सूचित गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts