|

सिदिङ्वाद्धारा असार १५ भित्रै योजनाको भुक्तानी लगिसक्न उर्दी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार १ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले चालू आर्थिक बर्ष भित्र सञ्चालित सबै योजना÷कार्यक्रमको भुक्तानी असार १५ भित्र लिइसक्न उर्दी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बू र लेखा अधिकृत वीरेन्द्र सिग्देलले संयुक्त सूचना जारी गर्दै तोकिएको मिति भित्र भुक्तानी लिन नआएमा, योजना तथा कार्यक्रमहरु बाँकी रहेमा भुक्तानी र फस्र्यौट नहुने र त्यो अवस्थामा गाउँपालिका जवाफदेहि नहुने बताएको छ ।

चालू आव २०७७।०७८ मा सञ्चालित सबै योजनाहरु,कार्यक्रमहरुको १५ असार २०७८ भित्र पेश्की फस्र्यौट र भुक्तानी गरिसक्ने गाउँ कार्यपालिकाले निर्णय गरेको भन्दै सूचनामा सम्वन्धित कर्मचारी,उपभोक्ता समिति,निर्माण व्यवसायी,परार्मशदाता,उत्पादक कम्पनी,सप्लायर्स तथा बिक्रेता लगायत सम्पूर्ण सरोकारवालालाइ तोकिएको अवधि भित्र भुक्तानी लिइ सक्न गाउँपालिकाले सूचित गरेको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts