|

ताप्लेजुङमा संक्रमणमुक्त हुनेको दर करिव ६२ प्रतिशत,साढे बाह्रसय बढीले लगाए भेरोसिल खोपको पहिलो मात्रा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ ३१ । दोस्रो भेरिएन्ट सुरु भएयता ताप्लेजुङमा संक्रमित भएका मध्ये करिव ६२ प्रतिशत कोरोना संक्रमणमुक्त भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले सोमवार मध्यान्ह सार्वजनिक गरेको बिबरण अनुसार अहिले ३ सय ५७ जना मात्र सक्रिय संक्रमित रहेका छन् । कूल ९ सय ५ जनामा संक्रमण देखिएकोमा ५ सय ५९ जना संक्रमणमुक्त भएको प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार दोस्रो भेरिएन्ट सुरु भएयता पीसीआर बिधिबाट १ हजार ९ सय ५६ र एन्टीजेन बिधिबाट २ हजार ३ सय ४७ गरी कूल ४ हजार ३ सय ३ जनाको परीक्षण गरिएको छ । पीसीआर बिधिबाट परीक्षण गरिएमा मध्ये ४ सय ९७ जनामा र एन्टीजेन बिधिबाट परीक्षण गरिएका मध्ये ४ सय ८ जनामा संक्रमण पुष्टी भएको थियो । जिल्ला प्रशासन कार्यालयका खरिदार बिजय गोठाले गौतमका अनुसार संक्रमण अहिले सम्म ताप्लेजुङमा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । यहाँ परीक्षण नगराएका तर बाहिर परीक्षण गराइ होम आइसोलेसनका बस्ने गरी २२ जना संक्रमित ताप्लेजुङ आएका छन् । यसो गर्दा सक्रिय संक्रमितको संख्या ३ सय ५७ पुगेको गौतमले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले जिल्ला भरका सबै स्थानीय तह तथा स्वास्थ्य कार्यालयसंग समन्वय गरेर तथ्याङ्क अद्यावधिक गर्दै आइरहेको छ । ताप्लेजुङमा सोमवार मन्ध्यान्ह सम्ममा १ हजार २ सय ६५ जनाले कोरोना बिरुद्धको भेरोसिल खोपको पहिलो मात्र लगाएका छन् । १ हजार ८ सय ५१ जनालाइ पुग्ने गरी भेरोसिल खोपको पहिलो मात्र यहाँ आएको थियो । कोभिड शिल्डको पहिलो मात्र लगाउनेको संख्या भने १४ हजार १ सय ९१ रहेको प्रशासन कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts