बालिकालाइ गर्भ बोकाइ जबरजस्ती गर्भपतन गर्न बाध्य पारेको अभियोगमा एकजना पक्राउ

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ २८ । एक १६ बर्षिया बालिकालाइ गर्भ बोकाइ पछि गर्भपतन गराउन बाध्य पारेको अभियोगमा ताप्लेजुङ प्रहरीले २२ बर्षे एक युवकलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवा देउराली बस्ने दावा शेर्पा रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता÷सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार शेर्पालाइ फुङ्लिङ नगरपालिका वडा नं ९ सेवारो चौकबाट पक्राउ गरिएको हो । फरार रहेका शेर्पालाइ सो स्थानमा लुकिछिपी बसिरहेको भन्ने सूचना पाएपछि अधिकारी नेतृत्वको टोली परिचालित भएको थियो । शेर्पा माथि गत २०७७ फागुन पहिलो साता फुङ्लिङ नगरपालिका वडा नं ४ मा एक १६ बर्षिय बालिकालाइ जबरजस्ती करणी गरी गर्भ बोकाइ गर्भपतन गराउन बाध्य पारेको अभियोग रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका शेर्पालाइ करणी सम्वन्धी कसुरमा मुद्दा दर्ता गरी प्रतिवादीका हकमा जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान प्रारम्भ गरिएको समेत अधिकारीले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts