पाँचथरको हिलिहाङमा भएको सवारी दुर्घटनामा मृत्यु हुने दुबै ताप्लेजुङको थेचम्बुका
ताप्लेजुङ, जेठ २५ । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं टारीमा भएको सवारी दुर्घटनमा परी मृत्यु हुने २ जनाको पहिचान खुलेको छ । मृतक दुबै ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं २ थेचम्बुका रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर बिश्वकर्माले जनाउनु भएको छ । उहाँका अनुसार मृत्यु हुनेमा अन्दाजी ३०–३२ बर्षमा मिलन बिष्ट र २५ बर्षिय सीता अधिकारी रहेका छन् । पाथीभरा याङ्वरक गाउँपालिकाकाको केन्द्र थेचम्बुतर्फ खाद्य सामग्री बोकेर आँउदै गरेको १–०१–००१च७६९१ नम्बरको गाडी मंगलवार बिहान दुर्घटनामा परेको थियो ।