सर्त केहि खुकुलो पार्दै ताप्लेजुङमा निशेधाज्ञाको अवधि जेठ ३१ सम्मलाइ लम्ब्याइयो

ताप्लेजुङ,जेठ २३ । ताप्लेजुङको फुङलिङमा निशेधाज्ञाका सर्त केहि खुकुलो पार्दै निशेधाज्ञाअवधि जेठ ३१ सम्मलाइ थप भएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जेठ ३१ सम्मका लागि निशेधाज्ञा बढाइएको जानकारी दिनुभयो । चौथो पटक थपिएको निशेधाज्ञाको अवधि जेठ २४ गते मध्यरातमा सकिनै लाग्दा प्रशासन कार्यालयले पाँचौ पटक जेठ ३१ सम्मका लागि निशेधाज्ञाको अवधि थप गरेको हो । यहाँ गत बैशाख २० गतेबाट निशेधाज्ञा लगातार रहदैं आएको छ । अब स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी खाद्यान्न बाहेकका अरु पसलहरु बिना भिडभाड खोल्न पाइने भएको छ ।‘अहिले सम्म बन्द भएका पसलहरुको सरसफाइ गर्ने र बिना भिडभाड सामाजिक दुरी कायम गर्दै खाद्यान्न बाहेकका अरु पसलहरु बिहान ६ बजे देखि ९ बजे सम्म खुल्ला गर्न सकिने छ’प्रजिअ पाण्डेले भन्नुभयो । तर भिडभाड गरेमा वा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नभएमा पनि सुरक्षा निगारानीमा पर्न सकिने भएको छ । अब ताप्लेजुङबाट झापा फर्कने मालवाहक सवारी साधनले पनि अलैंची र गोलियाका सामान लैजाने पाउने भएको छ । तर झापामा भने बेलुका ८ बजे देखि बिहान ५ बजे भित्र मात्र लोड अनलोड गर्ने प्रवन्ध भएको समेत प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।

Similar Posts