गणतन्त्र दिवसमा ताप्लेजुङ कारागारबाट ६ जना कैदीले पाए माफी मिनाह

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १५ । गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारका ६ जना कैदीबन्दीले बाँकी सजाय माफी मिनाह पाएका छन् । माफी मिनाह पाउनेमा ज्यान मार्ने उद्योग,गौवध हत्या,कर्तव्य ज्यान,सवारी ज्यान मुद्दा र बालबिवाह लगायतमा सजाय भएका रहेका छन् । जिल्ला कारागार शाखा ताप्लेजुङका प्रमुख(जेलर)कुलेन्द्र खवासका अनुसार मेरिङ्देन वडा नं ४ लिङ्तेपका डिल्ली लङ्वा,फुङ्लिङ नगरपालिका वडा नं ३ का प्रदीप न्यौपाने,फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाका मनकुमार रेग्मी,मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङका साजन शेर्पा र मैवाखोला गाउँपालिका वडा नं ४ साँवाका कुमार लिम्बू र मनकुमार लिम्बूले बाँकी सजाय माफी मिनाह पाउनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts