ताप्लेजुङका ९ सहित प्रदेश १ का सबै स्थानीय तहले पाए बित्तीय समानीकरण र राजश्व बाँडफाँडको अनुमानित बिबरण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १२ । प्रदेश १ सरकारको योजना तथा आर्थिक मामिला मन्त्रालयले ताप्लेजुङका ९ सहित प्रदेशभरीका सबै स्थानीय तहलाइ राजश्व बाँडफाँड र बित्तीय समानीकरण अनुदानको अनुमानित बिवरण पठाएको छ । अन्तर सरकारी बित्त व्यवस्थापन ऐन २०७४ को दफा १८ को उपदफा १३ बमोजिम आगामी आर्थिक बर्ष २०७८।०७९ मा स्थानीय तहले पाउने राजश्व बाँडफाँड र बित्तीय समानीकरण अनुदान तथा सवारी साधन करको हिस्साको अनुमानित बिबरण पठाएको हो । जस अनुसार ताप्लेजुङ फक्ताङ्लुङ गाउँपालिकाले बित्तीय बित्तीय समानीकरण अनुदानतर्फ ५८ लाख २३ हजार सवारी साधनको करको हिस्सा कूल ६१ लाख ८ हजार ७ सय रुपैंया गरी कूल १ करोड १९ लाख ३१ हजार ७ सय रुपैंया अनुमानित अनुदान पाउने छ । मिक्वाखोला गाउँपालिकाले ४९ लाख २२ हजार बित्तीय समानीकरण अनुदान र २९ लाख १७ हजार ७ सय ७० रुपैंया सवारी साधनको करको हिस्सा बापतको रकम गरी कूल ७८ लाख ३९ हजार ७ सय ७० रुपैंयाको अनुमानित अनुदानको स्रोत बिबरण पाएको छ । मेरिङ्देन गाउँपालिकाले बित्तीय समानीकरणतर्फ ६१ लाख ९१ हजार र सवारी साधन कर बाँडफाँडको कर हिस्सा बापत २८ लाख १ हजार १ सय १० गरी ८९ लाख ९२ हजार १ सय १० रुपैंयाको अनुमानित बिबरण पाएको छ । यस्तै मैवाखाला गाउँपालिकाले ५५ लाख ५४ हजार रुपैंया बित्तीय समानीकरण र २० लाख ९९ हजार ७ सय ९० रुपैंया सवारी साधन कर गरी कूल ७६ लाख ५३ हजार ७ सय ९० रुपैंयाको अनुमानित अनुदान बिबरण पाएको छ । आठराइ त्रिबेणी गाउँपालिकाले बित्तीय समानीकरणतर्फ ६४ लाख १९ हजार रुपैंया र सवारी साधन करतर्फ २१ लाख ५४ हजार ९ सय ८० रुपैंया गरी कूल ८५ लाख ७३ हजार ९ सय ८० रुपैंयाको अनुमानित स्रोत बिबरण पाएको छ । बित्तीय समानीकरणतर्फ फुङ्लिङ नगरपालिकाले ९५ लाख ९७ हजार र सवारी साधनको करको हिस्सा वापत १ करोड ४ लाख २ सय १० रुपैंया गरी कूल २ करोड १ लाख ९५ हजार २ सय १० रुपैंयाको स्रोत अनुमान पाएको छ । पाथीभरा याङ्वरक गाउँपालिकाले ६४ लाख १८ हजार रुपैंया बित्तीय समानीकरण र २५ लाख ७८ हजार २ सय ९० रुपैंया सवारी साधन कर गरी कूल ८९ लाख ९६ हजार २ सय ९० रुपैंयाको स्रोत अनुमान पाएको छ । सिरिजङ्घा गाउँपालिकाले ७० लाख ४१ हजार बित्तीय समानीकरण अनुदान र ३८ लाख ४१ हजार ९ सय रुपैंया सवारी साधन कर गरी कूल १ करोड ८ लाख ८२ हजार ९ सय रुपैंयाको स्रोत अनुमान बिबरण पाएको छ । सिदिङ्वा गाउँपालिकाले बित्तीय समानीकरणतर्फ ५९ लाख ५६ हजार रुपैंया र सवारी साधन कर बाँडफाँडको हिस्सातर्फ २४ लाख ६१ हजार ३ सय ४० रुपैंया गरी कूल ८४ लाख १७ हजार ३ सय ४० रुपैंया अनुदानको अनुमानित बिवरण पाएको छ । तपाँइको स्थानीय तहले कति पायो ? क्लिक गनुहोस् http://moeap.p1.gov.np/node/347

अरुलाई पनि शेयर गरौ !

Similar Posts