स्वाब र एन्टीजेन परीक्षण गरिएका मध्ये ताप्लेजुङमा साढे २७ प्रतिशतको रिर्पोट पोजेटिभ

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १० । कोरोनाको दोस्रो भेरिएन्ट सुरुभएयता ताप्लेजुङमा पीसीआर तथा एन्टीजेनबाट परीक्षण गरिएका मध्ये करिव साढे २७ प्रतिशतको रिर्पोट पोजेटिभ आएको छ । सोमवार अपरान्ह सम्ममा कूल २ हजार २१ जनाको स्वाब संकलन गरिएको छ । यो ताप्लेजुङको कूल जनसंख्याको करिव १.६० प्रतिशत हो । स्वाब तथा एन्टीजेन परीक्षण गरिएका २ हजार २१ मध्ये ४ सय ४८ जना पीसीआर र १ सय ४ जना एन्टीजेन परीक्षणको क्रममा पोजेटिभ देखिएका छन् । जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार सोमवार सम्ममा १ हजार ५ सय ९५ जनाको स्वाब संकलन गरिएको छ । सोमवार नगरपालिकाले १ सय ५१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउने तयारी गरेको फुङ्लिङ नगरपालिकाका स्वास्थ्य संयोजक मञ्जु गुरुङले जानकारी दिनुभयो । यो मध्ये १ सय १ जना यसअघि संक्रमित भइ कम्तिमा १४ दिन आइसोलेसनमा बसेकाहरुको फलोअप र ५० जना नयाँ रहेको समेत गुरुङले बताउनुभयो । स्वाब संकलन पछि रिर्पोट आएका १ हजार ४ सय ४४ जना मध्ये २ सय ५५ पुरुष र १ सय ९३ महिला गरी ४ सय ४८ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टी भएका मध्ये ३ सय ७३ जना अझै पनि सक्रिय संक्रमित छन् । सक्रिय संक्रमित भएका मध्ये २ सय १८ पुरुष र १ सय ५५ महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै जिल्लाभरी २ सय ८१ पुरुष र १ सय ४५ महिला गरी ४ सय २६ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४ जनालाई पोजेटिभ देखिएको छ । पोजेटिभ हुनेमा ६६ पुरुष र ३८ महिला रहेका छन् । एन्टिेजेनबाट पोजेटिभ भएकाहरुमध्ये ६१ पुरुष र ३१ महिला गरी ९२ जना सक्रिय संक्रमित रहेका छन् । ७ एन्टिजेन सहित ८६ जना कोरोना संक्रमणमुक्त भएको समेत जनस्वास्थ्य अधिकृत खरेलले बताउनुभयो । यस्तै जिल्लामा ६ महिला सहित ९ जनाले ज्यान समेत गुमाई सकेका छन् भने कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका तर पुष्टि नभएका २ जनाको पनि निधन भएको छ । जिल्लामा सबैभन्दा बढी संक्रमित फुङलिङ नगरपालिकामा रहेका छन् । नगरपालिकाभित्र २० एन्टिजेन सहित ३ सय ८३ जनालाई पुष्टि हँुदा हाल २ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् । मेरिङदेन गाउँपालिकामा २ एन्टिजेन सहित २९ जनाको परीक्षण गर्दा हालसम्म कसैले पनि कोरोनालाई जितेका छैनन् । आठराई त्रिवेणीमा ५ पीसीआर सहित २२ जना संक्रमित रहेका छन् । मैवाखोला पनि ५ पीसीआर सहित १३ जना, मिक्वाखोलामा १६ जना, पाथीभरा याङवरकमा ५ एन्टिेजन सहित १६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै सिरीजङ्घा गाउँपालिकामा २ एन्टिजेन सहित १७ जना, फक्ताङलुङमा एन्टिजेनका ५ जना र सिदिङवामा पीसीआरका ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै ताप्लेजुङमा जिल्ला अस्पताल ७९ पुरुष र ४२ महिला गरी १ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनालाई पोजेटिभ देखिएको छ । ति मध्ये ३२ पुरुष र २० महिला गरी ५२ जना एन्टिजेनका सक्रिय संक्रमित रहेको जिल्ला अस्पतालका कोभिड–१९ फोकल पर्सन डाक्टर भरत खत्रीले जानकारी दिनुभयो । यस्तै मध्य तमोर जलबिद्युत परियोजनाको स्वाब संकलन गरी पठाइएको १ सय ३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका कोभिड–१९ फोकल पर्सन हेमराज कठायतले जानकारी दिनुभयो ।

Similar Posts