आँखा रोग बिशेषज्ञ रुटइद्धारा गृह जिल्ला ताप्लेजुङका लागि शव वाहन खरिद रकम व्यवस्थापन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,८ जेठ । ताप्लेजुङमा पहिलो पटक शव वाहनको व्यवस्थापन हुने भएको छ । अहिले सम्म शव वाहन बिहिन जिल्ला रहेको ताप्लेजुङका लागि फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा जन्मिएर आँखा रोगको क्षेत्रका विश्वमै विज्ञ कहलिएका तिलगंगा आँखा अस्पतालका प्रवन्धक समेत रहनु भएका डाक्टर सन्दुक रुइटले शव वाहन खरिदका लागि रकम जुटाइदिनु भएको छ । जिल्ला अस्पतालमार्फत व्यवस्थापन हुने गरी शव वाहन व्यवस्थापनको प्रकृया अघि बढ्ने छ । शव वाहनको अभावमा कोरोना संक्रमणवाट मृत्यु भएकाहरुको शव ओसार्न समस्या भइरहेका बेला रुइटले ८ जना ब्यक्तिहरुबाट १० लाख २५ हजार रुपैंया जुटाइदिनु भएको हो । रुइटका अनुसार लामा गुरु झट्याल रिम्पोचेका छोरी सरस्वतीदेवीले ५ लाख रुपैंया दिनु भएको छ । स्वर्गीय नेसार डोल्माको सम्झनामा डोङ्गला,तेञ्जिङ उक्याव, सोनाम टाँसी र पान्देन रोट्टाले १ लाखका दरले सहयोग दिनु भएको छ । मिङमा उक्याव र लाक्पा छिरिङले ५० हजारका दरले दिनु भएको छ । थुप्तेन उक्यावले २५ हजार रुपैंया दिएको रुइटले जानकारी दिनुभयो । यो रकमले शव वाहन खरिद गर्न पुग्ने र त्यो जिल्ला अस्पताललाई दिने रुइटले बताउनुभयो । शव वाहन खरिदमा भन्सार छुट हुन्छ । शव वाहन नहुँदा एम्वुलेन्समा शव बोक्नुपर्ने बाध्यता रहँदै आएको छ । ताप्लेजुङका ग्रामीण भोगबाट ट्याक्टरमा राखेर शव ओसारपसार हुँदै आएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts