ताप्लेजुङका पालिका–पालिकाका स्वास्थ्यकर्मीलाइ कोभिड–१९ बिरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री बितरण गर्दै सुआहारा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ७ । ताप्लेजुङलाइ कार्यक्षेत्र बनाएका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले कोरोना संक्रमण महामारी बिरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री पालिकागत रुपमा बितरण गर्न थालेका छन् । वातावरण संरक्षण तथा विकास मञ्चमार्फत अमेरिकी सहयोग विकास नियोग(युएसएआइडी)को आर्थिक सहयोगमा जिल्लाभरका सबै पालिकामा कार्यरत स्वास्थ्यकर्मीका लागि फेस सिल्ड,मास्क र स्यानीटाइजर बितरण गरिएको हो ।

सुआहारा कार्यक्रम–२ अन्र्तगत यि स्वास्थ्य सामग्री बितरण गरिएको सुआहारा कार्यक्रम जिल्ला संयोजक मनप्रसाद नाल्बोले जानकारी दिनुभयो । उहाँका अनुसार आठराइ त्रिबेणी,मिक्वाखोला,पाथीभरा याङ्वरक र सिदिङ्वा गाउँपालिकालाइ ४–४ सय थान,मैवाखोला र फक्ताङ्लुङ गाउँपालिकालाइ ६–६ सय थान तथा फुङ्लिङ नगरपालिका र मेरिङ्देन,सिरिजङ्घा गाउँपालिकाका स्वास्थ्यकर्मीलाइ प्रयोग हुने गरी ८–८ सय थान फेस सिल्ड बितरण गरिएको नाल्बोले जानकारी दिनुभयो । यस्तै जिल्ला भरका ९ वटै स्थानीय तहमा कार्यरत ८ सय ५० जना महिला स्वास्थ्य स्वयंसेविकाका लागि दुईपटक १–१ थान स्यानीटाइजर र ५–५ थान मास्क समेत बितरण गरिएको सुआहारा कार्यक्रम–२ अन्र्तगत जिल्ला कार्यक्रम संयोजक नाल्बोले जानकारी दिनुभयो । सुआहारा कार्यक्रमले पालिका–पालिकामै पुगेर पनि ति स्वास्थ्य सामग्री बितरण गरेको समेत नाल्बोले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुआहारा कार्यक्रमका प्रदेश १ संयोजक सुवास गौतमले सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष ज्ञानमाया चौहान र प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेलेलाइ फेस सिण्ड सहितका स्वास्थ्य सामग्री बितरण गर्नु भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts