बिहीबार ताप्लेजुङमा ५६ जना संक्रमणमुक्त,८ एन्टीजेन सहित ३१ संक्रमित थपिए

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,६ जेठ । ताप्लेजुमा बिहीबार एकैदिन ५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । ६९ जना संक्रमितको स्बाब परीक्षणका लागि पठाएकोमा ५६ जना संक्रमणमुक्त भएको जनस्वास्थ अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो । ८ एन्टीजेन सहित ३१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बिहीबार प्राप्त १ सय ९ जनाको पीसीआर रिर्पोटमा ७ पुराना सहित ३० जनाको रिर्पोट पोजेटिभ आएको ताप्लेजुङ जिल्ला अस्पतालले जनाएको छ । ९ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ८ जनाको रिर्पोट पोजेटिभ आएको ताप्लेजुङ जिल्ला अस्पतालका कोभिड–१९ फोकल पर्सन डाक्टर भरत खत्रीले जानकारी दिनुभयो । यसअघि संक्रमितहरुको परीक्षण रिर्पोट भने धमाधम नेगेटिभ आउन थालेको छ । एकाधलाइ संक्रमण दोहोरिने बाहेक संक्रमितको भइ दोस्रो पटक स्वाब पठाएकाहरुको रिर्पोट भने नेगेटिभ आउन थालेको ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts