कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता ताप्लेजुङका ७ जना नागरिकले ज्यान गुमाए,२ जनाको मृत्यु शंकास्पद

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,५ जेठ । कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता ताप्लेजुङका ७ जना नागरिकले ज्यान गुमाएका छन् । बुधवार फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ लिङ्खिमका अन्दाजी ५०–५१ बर्षिय एक पुरुषको मृत्यु भएको छ । फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ लिङ्खिम घर भइ फुङ्लिङ नगरपालिका वडा नं ६ टुक्रे बस्दै आएका मृतक ति पुरुषको १ जेठमा गरिएको एन्टीजेन परीक्षण रिर्पोट पोजेटिभ आएको थियो । जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले मृतक ति पुरुषको मृत्यु अघि नै एन्टीजेन परीक्षण रिर्पोट पोजेटिभ आइसकेको पुष्टी गर्नुभयो । मृतक पुरुष केहि समय देखि मुटु सम्वन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो । कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएपछि ताप्लेजुङमा पहिलो पटक फुङ्लिङ वडा नं ६ का ५२ बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टी भएको थियो । कोरोना संक्रमणबाट फुङ्लिङ नगरपालिका वडा नं ४ की ८५ बर्षिय महिला,सोहि ठाउँका अन्दाजी ६० बर्षिय पुरुष,मैवाखोला गाउँपालिकी अन्दाजी २२ बर्षिय महिला,फुङ्लिङ नगरपालिका वडा नं ६ सुकेटारकी अन्दाजी ४६ बर्षिय महिला र फुङ्लिङ नगरपालिका वडा नं ४ निवासी ९३ बर्षिय महिलाको निधन भइसकेको छ । मेरिङ्देन गाउँपालिका घर भइ फुङ्लिङ नगरपालिका वडा नं ४ मा पसल व्यवसाय गर्दै आएका ३१ बर्षिय पुरुषको लक्षण कोरोना संक्रमणबाट मिल्दो जुल्दो प्रकृतिको भएपनि उहाँको कोरोना परीक्षण गरिएको थिएन । बुधबार विहान मात्रै ज्यान गुमाएका फुङ्लिङ वडा नं ७ का एक युवकको पनि कोरोना संक्रमणसंग मिल्दो लक्षण देखिएपनि मृत्युको कारण पुष्टि हुन बाँकी रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts