ताप्लेजुङमा बुधवार थपिए ३२ कोरोना संक्रमित

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख २२ । ताप्लेजुुङमा बुधवार ३२ जना कोरोना संक्रमित थपिएका छन् । बुधवार प्राप्त १ सय ८१ जनाको परीक्षण रिर्पोट अनुसार ३२ जना कोरोना संक्रमित थपिएका जिल्ला जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो । पहिलो चरणमा मिक्वाखोला गाउँपालिकाको खोक्लिङबाट संकलित २० सहित १ सय ८३ र दोस्रो चरणमा ५८ गरी २ सय ४१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको थियो । ति मध्ये १ सय ८१ जनाको परीक्षण नतिजा प्राप्त भएको समेत जनस्वास्थ्य अधिकृत खरेलले बताउनुभयो । ति मये १८ पुरुष र १४ महिला रहेको समेत खरेलले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts