|

शीत भण्डारका लागि जग्गा खरिद गर्दै फुङ्लिङ नगरपालिका

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,१८ बैशाख । ताप्लेजुङको फुङ्लिङ नगरपालिको शीत भण्डार निर्माणका लागि कम्तिमा १५ रोपनी जग्गा खरिद गर्ने भएको छ । नगरपालिकाले राष्ट्रिय वा क्षेत्रीय राजमार्ग,जिल्ला स्तरीय सडक वा कम्तिमा ६ मिटर चौडाइको बाटोको छोएको जग्गा खरिदका लागि सार्वजनिक आवहन गरेको हो । फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीकुमार कार्कीका अनुसार जग्गाको आकार चौकोष मिलेको र भरसक समथर भागको हुनुपर्ने छ । जग्गाको आसपासमा सकेसम्म हाइटेन्सन लाएनको बिद्युत सेवा उपलब्ध भएको,जग्गा भीर पहरा नभएको तथा नदी,खोला र पहिरोले कटान नगर्ने प्रकृतिको हुनुपर्ने गाउँपालिकाले जनाएको छ । सम्वन्धित जग्गा धनीले २२ बैशाख भित्र फुङ्लिङ नगर कार्यपालिकाको कार्यालयमा जग्गाको प्रति रोपनी आफुले चाहेको मूल्य सहित निबेदन पेश गर्नुपर्ने भएको छ । एक व्यक्ति भन्दा बढीले संयुक्त रुपमा जग्गा उपलब्ध गराउन चाहे एउटै प्लट मिलेको जग्गा हुनुपर्ने र संयुक्त रुपमा प्रस्ताव पेश गर्नुपर्ने समेत नगरपालिकाले जनाएको छ । फुङ्लिङ नगरपालिका वडा नं १ को महेन्द्र आधारभूत बिद्यालय,वडा न. २ को बीरेन्द्र माध्यमिक बिद्यालय देवलिङ्गे,वडा नं ३ को पालुङ्वा चौक र केनिम वारपार पूर्व,फुङ्लिङ नगरपालिका वडा नं ८ को बहानन्दे,हिटी,नाम्लेपाटी,चारपाटे उत्तर,सुकेटार बजार,गुप्ते पश्चिम र साविक हाङ्देवा गाविस वडा नं २ हुँदै सिद्धिडाँडा,जनता मावि हाङ्देवा,फुङ्लिङ नगरपालिका वडा नं ६ दाहाल गाउँ दक्षिण यति चारकिल्ला भएको उपयुक्त जग्गा खरिद गर्न सकिने नगरपालिकाले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts