| |

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाद्वारा अग्नीपीडितलाई राहत प्रदान

अरुलाई पनि शेयर गरौ !

देवराज गुरुङ
ताप्लेजुङ, चैत १५ ।
ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले दोभानका अग्नि पीडित परिवारलाई शनिबार ७ लाख ६५ हजार ५२५ रुपैयाँ राहत रकम वितरण गरेको छ । ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष बिजु माबोले गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्बाङ लिम्बूसहित जनप्रतिनिधि तथा कर्मचारीको उपस्थितिमा उक्त रकम पीडित परिवारलाई प्रदान गर्नुभएको हो ।
अग्नि पीडित ५८ परिवारलाई प्रतिपरिवार १३ हजार २०० रुपैयाँका दरले रकम प्रदान गरेको हो । ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरिया उपाध्यक्ष माबोले भन्नुभयो, “विदेशमा भए पनि मन गाउँघरमै हुन्छ । थोरै भए पनि सङ्कलन गरी ल्याएको रकम उपलब्ध गराएका छौ ।” ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले जिल्लामा विपतमा परेका बेला राहत रकम प्रदान गर्ने गरेको छ ।
यता गाउँपालिका अध्यक्ष लिम्बूले दक्षिण कोरियामा रहेका संस्थाका सम्पूर्ण परिवार तथा सहयोग दाताप्रति धन्यबाद दिनुभयो । लिम्बूले भन्नुभयो, “विदेशमा सुख दुःख नभनी देशमा जुनसुकै बेला सहयोग गरेकोमा खुशी छु । आशा छ, भविष्यमा पनि सहयोग गर्ने अभियान निरन्तर रहोस ।”
समितिका अध्यक्ष सागर माङ्मुका अनुसार जिल्लामा हुने विपदका घटनाका बेला परदेशबाट धेरथोर सहयोग गर्न पाएकोमा खुशी प्रकट गर्नुभयो । समिति गठनसँगै सामाजिक काममा जोडिएको छ । यि बाहेक सहयोग गर्ने क्रममा स्वास्थ्य, शिक्षा तथा पर्यटन क्षेत्रमा समेत समितिले सहयोग गर्ने गरेको अध्यक्ष माङमुले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts