|

आइतबार थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ४०० जना डिस्चार्ज, ५ जनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

काठमाडौ, माघ ४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २६६ जना नयाँ संक्रमित थप भएका छन् । पीसीआर विधिबाट ३ हजार ५०८ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ६७ हजार ३२२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ६१ हजार ४४४ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५९ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० लाख १२ हजार ४५२ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ३ हजार ९१९ जना आइसोलेसन र २२१ जना क्वारेन्टिनमा छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts