मंगलबार वर्षाको सम्भावना

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,पुस २१ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार राजधानीसहित पहाडी भेगमा फाटफुट वर्षा हुने आकलन गरेको छ । पश्चिमी वायुको प्रभाव बाँकी नै भएकाले मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका हिमाली क्षेत्रमा हिमपात जारी हुने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । पश्चिमी वायु सक्रिय भएका कारण सोमबारदेखि नै सुदूरपश्चिम र कर्णाली प्रदेशका सबैजसो हिमाली जिल्लामा बाक्लो हिमपात भएको छ । मध्यपहाडी जिल्लाहरूमा छिटपुट वर्षासमेत भएको छ । ‘काठमाडौंमा पनि मंगलबार बिहान हलुका वर्षाको सम्भावना छ,’ मौसमविद् नगरकोटीले भन्नुभयो, ‘बुधबारदेखि मौसमी प्रणाली कमजोर हुने भएकाले मौसममा पनि सुधार आउनेछ ।’ प्रदेश १ का जिल्लाहरूमा भने अन्य प्रदेशमा जस्तो हिमपात भएको छैन । बितेको २४ घण्टामा सबैभन्दा बढी जुम्लामा २४.३ मिलिमिटर वर्षा भएको छ । धनगढी, दिपायल, वीरेन्द्रनगरलगायत स्थानमा पनि मध्यमखालको वर्षा भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts