लेबनानमा पनि देखियो नयाँ कोरोना

अरुलाई पनि शेयर गरौ !

बेरुत,पुस १३ । लेबनानमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ । बेलायतबाट लेबनानको राजधानी बेरुतमा पुगेका एक जना व्यक्तिमा यो संक्रमण भेटिएको लेबनानका स्वास्थ्य मन्त्री हमाद हसनले बताएका छन् । हसनका अनुसार ती व्यक्ति विमानबाट गत सोमबार लेबनान आएका थिए । ती व्यक्तिमा संक्रमण पुष्टि भएसँगै उक्त विमानमा आएका सबै यात्रुहरूलाई सतर्क रहन तथा सुरक्षा मापदण्डहरू अपनाउन भनिएको पनि स्वास्थ्यमन्त्री हसनले जानकारी दिए । संक्रमित भेटिएपछि लेबनान सरकारले विदेशबाट आउने उडानहरूमाथि प्रतिबन्ध लगाएको छ । केही साताअघि बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ संक्रमण युरोपका विभिन्न देशमा पनि देखिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts