बाइडेनलाई सत्ता हस्तान्तरण गर्न ट्रम्प ‘तयार’

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,मंसिर १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न सघाउने संकेत दिएका छन् । राष्ट्रपति ट्रम्पले बाइडेनको संक्रमणकालीन टिमसँग सहकार्य सुरु गर्ने संकेत दिएका हुन् । रिपब्लिकन पार्टीबाटै अहिलेको जटिल अवस्थामा राष्ट्रपतिमा निर्वाचित बाइडेनको टिमसँग सहकार्य गर्नुपर्ने दबाब आएपछि ट्रम्प लचक भएका हुन् । राष्ट्रपति ट्रम्पले अझै पनि औपचारिक रुपमा हार भने स्वीकार गरेका छैनन् । मिसिगन राज्यमा बाइडेनलाई जितको प्रमाणपत्र दिइएपछि मतपरिणामलाई चुनौती दिँदै आएका ट्रम्पलाई धक्का पुगेको हो । चुनावी परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ जारी रहने पनि ट्रम्पको भनाइ छ । अमेरिकाको सामान्य प्रशासन सेवा(जीएसए) ले पनि जो बाइडेनलाई ‘स्पष्ट विजेता’ का रुपमा लिएको बताएको छ । जीएसएले बाइडनको संक्रमणकालीन टिमलाई स्रोत साधन उपलब्ध गराउने जानकारी दिएपछि पनि ट्रम्पको प्रतिक्रिया आएको हो । राष्ट्रपति ट्रम्पद्वार नियुक्त जीएसए प्रमुख इमिली मर्फीले बाइडनको टिमका लागि ६३ लाख डलरको कोष उपलब्ध गराउने बताएकी छिन् । बाइडेनको टिमलाई सघाउने प्रक्रियामा ढिलाइका लागि ह्वाइट हाउसबाट दबाब नआएको पनि उनले स्पष्ट पारेकी छिन् । तर आफूलाई फोन र मेलबाट भने धम्की आएको उनले बताइन् । जति नै धम्की आए पनि आफू कानुनी प्रावधानबाट बाहिर गएर काम नगर्ने उनले बताएकी छिन् । राष्ट्रपति ट्रम्पले ट्वीटमा भनेका छन्, ‘जीएसएले सुरुवाती प्रोटोकलअनुसार जे गर्नुपर्ने हो त्यो गर्नुपर्नेछ ।’ ट्रम्पले आफूले आफ्नो टिमलाई पनि यसै गर्न अनुरोध गरेको जानकारी दिएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts