बेलायत र ईयूबीच ऐतिहासिक व्यापार सम्झौता

अरुलाई पनि शेयर गरौ !

लन्डन,पुस ११ । महिनौंको सघन वार्तापछि बेलायत र ईयूबीच ऐतिहासिक व्यापार सम्झौता भएको छ । बेलायत युरोपेली संघ (ईयू) बाट अलग्गिएको झन्डै ११ महिनापछि बिहीबार बेलायत ईयू व्यापार सम्झौताले अन्तिम रुप लिएको हो । म्झौता अनुसार दुवै पक्षबीच वस्तु तथा सेवामा अतिरिक्त कर र कोटा प्रणाली लागू हुने छैन जुन अहिले कायम छ । ईयू बेलायतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । त्यस्तै, बिहीबारको सम्झौता अनुसार आउँदो सांढे ५ वर्ष युरोपेली माझीहरुले बेलायतको जल क्षेत्रमा माछा मार्न पाउनेछन् । त्यसपछि भने ब्रिटिस माझीलाई प्राथमिकता दिइने छ । यसअघि बेलायतले ईयूको यही माग अस्वीकार गर्दा वार्तामा गतिरोध उत्पन्न भइरहेको थियो । अन्तर्राष्ट्रिय आतंकवादविरुद्ध मिलेर काम गर्न पनि दुवै पक्ष सहमत भएका छन् । सम्झौताअनुसार बेलायतले युरोपियन क्रिमिनल डेटाबेस प्रयोग गर्न पाउने छ तर बेलायत युरोपोलको सदस्य भने रहने छैन । अब बेलायत युरोपेली अदालत र कानुनबाट मुक्त भई बेलायती संसद्ले बनाउने कानुन र बेलायती अदालतले गर्ने फैसला मात्र यहाँ लागू हुनेछ । १५ सय पेजभन्दा लामो उक्त सम्झौताका विस्तृत बुँदा भने सार्वजनिक भइसकेको छैन । उक्त सम्झौता बेलायती तथा युरोपेली संसद्ले पारित गरेपछि मात्रै लागू हुनेछ । बेलायतले युरोपेली २७ राष्ट्रहरुको संघ (ईयू) र ईयू ट्रेडिङ नियम आउँदो बिहीबारदेखि छोड्दैछ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts