ताप्लेजुङमा लाग्यो प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचनको नारा
ताप्लेजुङ, ८ पुस । संसद बिगठन बिरुद्ध सडकमा उत्रिएको जनता समाजवादी पार्टीले ताप्लेजुङको फुङ्लिङमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै नाराबाजी गरेको छ । संसद बिगठनलाइ असंबैधानिक भन्दै आएको जसपाले यहिँ बेला प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग खरोका साथ उठाएको हो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने माग गरेको उसले संसदीय निर्वाचन भने पूर्ण समानुपातिक हुनु पर्ने माग गरेको छ । जनता समाजवादीका जिल्ला अध्यक्ष कीर्तिमान मादेनले संसद बिगठन प्रतिगामी र असंबैधानिक भएको बताउनुभयो । आफुहरुले यस पहिलेबाट नै प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै आएकोले संसद बिगठन जस्तो प्रतिगामी र असंबैधानिक खारेजी संगै आफुहरुका राजनीतिक मुद्दाले पनि स्थान पाएको उहाँले बताउनुभयो ।