ओलीले नेतृत्व गरेको नेकपामा मंगलवार समेटिए ताप्लेजुङका ५ जना,तुम्बाहाम्फे भन्नुहुन्छ ‘मलाइ थाह छैन’

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार घोषणा गरेको कम्युष्टि पार्टी(नेकपा)को महाधिबेशन आयोजक समितिमा संबिधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फे सहित ५ जनाको नाम सार्वजनिक भएको छ । तुम्बाहाम्फे सहित समितिमा ताप्लेजुङबाट उर्मिला थेबे,अनन्त साँवा,तुलसी शिवाकोटी र बुद्धिमान परियार रहनु भएको छ । थेबे संबिधानसभाका सदस्य भूपेन्द्र थेबेकी श्रीमति तथा सिरिजङ्घा गाउँपालिका वडा नं १ सिनामकी वडाध्यक्ष हुनहुन्छ । साँवा नेकपाको सिरिजङ्घा गाउँपालिका कमिटीका इञ्चार्ज हुनुहुन्छ । परियार दलित आयोगका तत्कालिन सदस्य हुनुहुन्छ । यता समितिमा नाम रहेका तुम्बाहाम्फेले भने आफुलाइ यो बारेमा थाह नभएको बताउनुभयो ।‘एक दुईवटा फोन आउँदा मात्र मेरो नाम थाह पाएँ’उहाँले भन्नुभयो ।
दुबै भेलामा जानु भएन मेन्याङ्वो
ताप्लेजुङमा लामो समय तत्कालिन एमालेको नेतृत्व गर्नु भएका पूर्व सांसद तथा केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वो भने ओली र प्रचण्ड–माधवका दुबै भेलामा सहभागी हुनु भएन । उहाँ अहिले आफ्नै गृह गाउँ पाथीभरा याङ्वरकको थेचम्बुमा रहनु भएको छ ।‘अन्तिम समयमा खबर आयो,मंगलवार जानलाइ जहाज पनि रहेन रहेछ,त्यहिँ भएर गइएन’उहाँले भन्नुभयो । प्रतिनिधिसभा बिगठन प्रति मेन्याङ्बोले यसअघि नै सामाजिक सञ्जालमार्फत असहमति जनाइ सक्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts