रियलको लगातार पाँचौं जित

अरुलाई पनि शेयर गरौ !

म्याड्रिड,पुस ६ । करिम बेन्जेमाले आफू उत्कृष्ट लयमा रहेको सावित गर्दै एक गोल र अर्को दुई गोलमा सहयोगी भूमिका निभाएपछि रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार आइबरलाई ३–१ ले हरायो । रियलको यो लगातार पाँचौं जित हो । यससँगै रियलले लिग तालिकाको शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग अंक बराबरी गरेको छ । दुवै म्याड्रिड क्लबको २९ अंक भएको छ । एटलेटिकोले रियलको तुलनामा दुई खेल कम खेलेको छ । आइबर १५ अंकसहित १४ औं स्थानमा छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts