लिम्बू भाषा तथा लिपिका सर्जक सिरिजङ्घाको सम्मानमा सिरिजङ्घा दिवसकै दिन पालिका भवनको शिलान्यास

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २९ । लिम्बू भाषा तथा लिपिका सर्जक तथा संरक्षक सिरिजङ्घासिंह थेवेको सम्मानमा मनाइने सिरिजङ्घा दिवसको अवसर पारेर ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो प्रशासकीय भवन बनाउन थालेको छ । पालिकाको नामनै सिरिजङ्घा रहेको र सिरिजङ्घा दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा समेत दिने भएकोले पूर्व निर्धारित तालिका अनुसारनै प्रशासकीय भवन बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष गुरुङले जनतालाइ एउटै भवनबाट सबै सुबिधा प्रदान गर्ने मनशायले अरु योजनालाइ केहि कम गर्दै प्रशासकीय भवन बनाउन थालेको बताउनुभयो । उहाँले प्रशासकीय भवनले सेवाग्राहीलाइ सेवा प्राप्तिमा सरल र सहज हुने तथा पालिकामा निर्वाचित भएर आउने आगामी पुस्तालाइ समेत पालिकाको प्रशासनिक कार्य सञ्चालन व्यवस्थित गराउने मनशायले प्रशासकीय भवन बनाउन थालिएको बताउनुभयो ।

उहाँले प्रशासनिक भवन निर्माणका लागि केन्द्र सरकारले दिने भनेको रकम प्राप्तिको प्रकृया अन्योल भएपछि गाउँपालिकाले आफ्नै स्रोतबाट भवन निर्माण कार्य सुरु गरेको जानकारी दिनुभयो । गाउँपालिकाले पालिका भित्रका भवन नभएका सबै वडाहरुको भवन निर्माण कार्यको थालनी पछि सोमवार गाउँपालिकाको प्रशासकीय भवनको पनि बनाउन थालेको छ । गाउँपालिका अध्यक्ष गुरुङले पालिका कार्यालय तेल्लोकको बाहुनडाँडामा भवनको निर्माण कार्यको शिलान्यास गर्नु भएको छ । गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत सन्तोष घिमिरेका अनुसार भ्याट सहित पाँच करोड ३१ लाख ३० हजार दुइसय ११ रुपंैयाको लागतमा फुङ्लिङस्थित मार्गदेवी÷एस.ए.एस÷थेवे जे.भी निर्माण सेवाले २०७८ साल फागुन १० गते भित्र भवन निर्माण कार्य पूरा गर्ने छ । ‘द्धार एक सेवा अनेक’अभियान दिएर पालिका भवन सुरु गरिएको उहाँले बताउनुभयो । भ्याट र पिएस सहित आयोजनाको कूल लागत इष्टिमेट भने छ करोड ८७ लाख २२ हजार चारसय रुपैंया रहेको थियो । स्थानीय सिंहबहादुर इवारामले भवन निर्माण कार्यले पालिकाको मुकामबाट पाइने सेवाका लागि अनेकन तिर कुदिरहनुपर्ने झञ्झट हट्ने बिश्वास लिनुभयो ।

अलग र छरपष्ट भएर बसेका निकायहरुबाट सेवा प्राप्त गर्न हुने झञ्झट हट्नु नै सेवाग्राहीका लागि उत्तम बिषय हुने उहाँको सुझाव थियो । ई.सा. पूर्व १७०४ मा जन्मिनु भएका सिरिजङ्घाले पु¥याएको योगदानको कदर गर्दै त्यहाँको गाउँपालिकाको नाम नै सिरिजङ्घा राखिएको हो भने उहाँकै सम्मानमा गाउँपालिकाले हरेक बर्ष मंसिर २९ गते पालिका भित्र सार्वजनिक बिदा समेत दिदैं आएको छ ।

गाउँपालिकाका पालिका भवनको निर्माण कार्य समेत सिरिजङ्घा दिवसकै दिन सुरु गरेर ऐतिहासिक व्यत्तित्वको सम्मान र कदर गर्ने प्रयास गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष ज्ञानुमाया चौहान,आठवटै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य तथा गाउँसभाका सदस्यहरु,स्थानीय राजनीतिक दलका अगुवा,पालिका भित्रका टोल विकास संस्थाका पदाधिकारीहरु सहित स्थानीयको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts