युवा संघद्धारा मेरिङ्देन झरना जाने पदमार्ग निर्माण र झरना क्षेत्र सफाई
ताप्लेजुङ,मंसिर २९ । युवा संघ नेपालले ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं १ थिङ्लाबुमा रहेको मेरिङ्देन झरना जाने करिव २ किलोमिटर पदमार्ग र झरना क्षेत्र सरसफाइ गरेको छ । पर्यटकिय आकर्षणको केन्द्र भएर पनि सो सम्पदा ओझेलमा पर्ने देखेपछि त्यसलाइ पर्यटकिय हिसावले प्रवद्र्धन गर्न युवासंघ मेरिङ्देन गाउँपालिका समिति र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मेरिङ्देन गाउँपालिका समितिले सो झरना जाने पदमार्ग निर्माण तथा झरना क्षेत्र सफाइ गरेको जनाएको छ । मेरिङ्देन गाउँपालिका वडा नं १ थिङ्लाबुको उपल्लो बस्ती लेचुवा बाट करिव दुईघण्टाको पैदल दुरीमा घन्टा पुग्न सकिने यो क्षेत्रमा पुग्ने पदमार्ग निर्माण गरिएको युवा संघ नेपालले जानकारी दिएको हो । पर्यटकिय महत्वको स्थल भएर पनि अहिले सम्म ओझेलमा परेको र यसको प्रवद्र्धनका लागि युवासंघको मेरिङ्देन गाउँपालिका कमिटी र नेकपा थिङ्लाबु कमिटीले अगुवाइमा करिव ९० जनाको उपस्थितिमा पदमार्ग निर्माण तथा झरना क्षेत्र सफाइ गरेको र यस कार्यले त्यस क्षेत्रको पर्यटन प्रपद्र्धनमा भूमिका खेल्ने युवा संघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज दीपेन पोमूले जानकारी दिनुभयो । युवा संघ नेपालका जिल्ला संयोजक सुजन लिम्बू,सहसंयोजक आशिष केदेम लगायतको अगुवाइमा पदमार्ग निर्माण तथा सफाइ भएको थियो । झरना छेउ रहेको ओसाङ्लुङमा (बिजुवा )लिम्बू जातिहरुकोहरुको पूजारीको उत्पती भएको केन्द्र हो भन्ने धार्मिक मान्यता रहेको छ । प्राकृतिक हिसावले पनि यो निकै मनमोहक रहेको बताइन्छ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा रहेको मेरिङ्देन झरनाको पदमार्ग निर्माण तथा झरना सफाइ कार्यमा गएको टोली । तस्बिर ः डम्बर ओख्राबुको फेसबुकबाट