चर्चित कोरियन निर्देशक किम किदुकको कोरोनाले निधन

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी),मंसिर २७ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले चर्चित कोरियन फिल्म निर्देशक किम किदुकको निधन भएको उल्लेख गरेका छन् । कोरिया टाइम्स लगायतका समाचारपत्रहरुका अनुसार उनको ५९ वर्षिय किमको लाट्भियाको एक अस्पतालमा शुक्रबार निधन भएको हो । संसारका तीन सबभन्दा ठूला फिल्म फेस्टिभल कान, बर्लिन र भेनिस तीनवटैमा अवार्ड जितेका किम यो समयका शसक्त एसियाली फिल्ममेकर मानिन्थे । उनका ’पियटा’, ’स्प्रिङ समर फल विन्टर एन्ड स्प्रिङ’, ’थ्री आइरन’, ’टाइम’, ’ब्याड गाइ’ लगायतका फिल्म चर्चित छन् । समाचारहरुमा जनाइअनुसार उनी अजरबैजानबाट लाट्भिया पुगेका थिए । उनले त्यहाँ घर किन्ने तयारी गरेको पनि बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts