|

ताप्लेजुङमा आइतवार थपिए ३ नयाँ कोरोना संक्रमित,१० जना डिस्चार्ज

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर २१ । ताप्लेजुङमा आइतवार तीनजना नयाँ कोरोना संक्रमित थपिँदा १० जना कोरोना संक्रमित भने निको भएर डिस्चार्ज भएका छन् । संक्रमित ११ सहित ३६ जनाको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाएकोमा पुराना संक्रमित एक र नयाँ तीन गरी चार जनाको रिर्पोट पोजेटिभ आएको ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले बताउनुभयो । नयाँ संक्रमित एकजना भने स्वास्थ्यकर्मी रहेका छन् । थपिएका एकजना संक्रमित पाथीभरा याङ्वरक गाउँपालिकाका छन् भने एकजना फुङ्लिङ नगरपालिकाका रहेका छन् । शुक्रवार पाथीभरा याङ्वरक गाउँपालिकाका एक र फुङ्लिङ नगरपालिकाका एक तथा शनिवार फुङ्लिङ नगरपालिकाका एक गरी तीनजना कोरोना संक्रमित थपिएका थिए । यो सहित ताप्लेजुङमा अहिले ३१ जना सक्रिय कोरोना संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् । यि मध्ये २१ जना फुङ्लिङ नगरपालिका भित्र र १० पाथीभरा याङ्वरक गाउँपालिका भित्र स्वास्थ्य लाभ गरिरहेको पाइएको छ । फुङ्लिङमा रहेका २१ मध्ये सिरिजङ्घा गाउँपालिकामा कार्यरत एक कर्मचारी र पाथीभरा याङ्वरक गाउँपालिकाका एक जना पनि रहेका छन् । आइतवार थपिएका पाथीभरा याङ्वरक गाउँपालिकाका एकजनाको स्वाब स्वास्थ्य कार्यालय ताप्लेजुङमार्फत संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts