इंग्लिस प्रिमियर लिग ः चेल्सी शीर्ष स्थानमा उक्लियो

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी)लन्डन मंसिर २० । इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सी अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ । यसका लागि उसले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर लिड्स युनाइटेडलाई ३–१ ले हरायो । त्यसमा ओलिभर जिरोडले चार दिनको अन्तरमा क्लबका लागि पाँचौं गोल गरे । यो जितपछि चेल्सीको २२ अंक भएको छ । उसको पछाडि समान २१ अंकमा टोटनहम र लिभरपुल रहेका छन् । शनिबारकै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले पनि एक गोलले पछाडि रहेको स्थिति उल्टाएर वेस्ट ह्यामलाई ३–१ ले हरायो । म्यानचेस्टरका लागि पउल पोग्बा, मेसन ग्रिनउड र मार्कस रसफोर्डले गोल गरे ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts