|

६०७४ नमुना परीक्षण गर्दा १०२४ जनामा संक्रमण पुष्टि

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,मंसिर २० । पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६०७४ नमुना परीक्षण गर्दा ४०२ महिला र ६२२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । उनीहरुमध्ये २ लाख २४ हजार ५३ जना संक्रमणमुक्त भएका छन् भने १५७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर १४ हजार २५५ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ९ हजार २६३ जना होम आइसोलेसनमा छन् भने ३१२ जनाको आईसीयू र ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts