ताप्लेजुङमा एकैदिन थपिए १३ कोरोना संक्रमित,सक्रिय संक्रमितको संख्या २७ पुग्यो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, मंसिर १५ । ताप्लेजुङमा सोमवार एकैदिन १३ जना कोरोना संक्रमित थपिएका छन् । एकजनाको‘फलोअप’अर्थात् निगारानीमा बस्नुपर्ने गरीको नतिजा आएको छ । यो सहित ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या २७ पुगेको छ । फुङ्लिङ नगरपालिकाकाले अगुवाइमा ६० जनाको स्वाब परीक्षणका लागि पठाएकामा १३ जनाको रिर्पोट कोरोना पोजेटिभ आएको ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले बताउनुभयो। पाथीभरा याङ्वकर गाउँपालिकाबाट संकलन गरी पठाइएको २० जनाको स्वाब परीक्षण रिर्पोट आउन बाँकी रहेको छ । दिनहुँ कोरोना संक्रमित थपिदैं गएपछि कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले सर्तकता र सावधानी अपनाउन आग्रह गरेको छ । रुघाखोकी सहितका कोरोना संग मिल्ने लक्षण देखिएमा कम्तिमा १० दिन घरभित्र एकान्तबासमा बस्न र जटिल समस्या आए स्वास्थ्य संस्थाको सम्पर्कमा जान आग्रह गरेको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले कोरोना संक्रमण भयाभह अवस्थामा पुगेको भन्दै स्वास्थ्य सुरक्षाका सबै सावधानी अपनाउन आग्रह गर्नु भएको छ । प्रशासन कार्यालयले बिज्ञप्तीमार्फत नै स्वास्थ्य समस्याका कारण होम आइसोलेसनमा बसेर सो अवधिमा कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएमा मात्र स्वाब संकलन गर्ने बताइसकेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts