|

ताप्लेजुङको खोक्लिङमा ट्याक्ट्रर दुर्घटना,१ जनाको मृत्यु १ घाइते

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर, ३ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङको सल्लेरीस्थित कच्ची सडकमा बुधवार भएको लु४ त ६५४८ नम्बरको ट्याक्ट्रर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्ट्ररका सहचालक मिक्वाखोला गाउँपालिका गाउँपालिका वडा नं २ का अन्दाजी २२–२३ बर्षिय दले गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । ट्याक्टरमा सवार ट्याक्टर चालक कृष्ण थापाका अन्दाजी ६ बर्षिय छोरा किर्जम थापा घाइते भएका छन् । उनलाइ उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालतर्फ ल्याँइदै गरेको समेत श्रेष्ठले जानकारी दिए । चालक थापा भने फरार रहेको प्रहरीले बताएको छ । खोक्लिङको ओझागाउँबाट खोक्लिङतर्फ जाँदै गरेको ट्याक्ट्रर अनियन्त्रित भइ सडकबाट करिव ५ मिटर तल खसेको समेत प्रहरीले बताएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिइ गएको समेत प्रहरीले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts