|

पछिल्लो २४ घण्टामा थपिए २ हजार ८ सय १७ कोरोना संक्रमित, २८ सय १२ डिस्चार्ज

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,कात्तिक २३ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ८ सय १२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts