| |

नेकपा विवाद ः कर्णालीका मुख्यमन्त्रीद्वारा ओली पक्षका दुई मन्त्री आज बर्खास्तको तयारी !

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,कात्तिक १६ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ओलीपक्षबाट सरकारमा सहभागी दुई मन्त्री आज बर्खास्त गर्दै हुनुहुन्छ । कर्णाली प्रदेश सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई बर्खास्त गर्ने सूचना मुख्यमन्त्रीबाट प्राप्त भएको छ । सरकारको पक्षमा संसदीय दलमा उपस्थित नभएपछि मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरे पनि दुबैजनाले प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार राजीनामा नदिएर बर्खास्त गर्न आग्रह गरेको स्रोतको भनाइ छ । मुख्यमन्त्री शाहीले नेपाल पक्षसँगको सहमती अनुसार करवीर शाही, अमरबहादुर थापा र चन्द्रबहादुर शाहीलाई मन्त्री बनाउने तयारी गर्नु भएको छ । ओली पक्षका नेता यामलाल कंडेलले प्रचण्ड निकट मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्र विवाद सुरु भएको थियो । अविश्वासको प्रस्ताव विफल पार्नका लागि शाहीले नेपाल पक्षसँग सहमति गरे अनुसार आज मन्त्री बनाउने सम्भवना रहेको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सहयोगी भूमिका निर्वाह गरेका ओलीनिकट प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री शाहीले बर्खास्त गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts