करिव ७ महिना पछि ताप्लेजुङको फुङलिङस्थित सुकेटारमा बस्यो निगमको जहाज

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ५ । नेपाल एअर लाइन्सको ट्विनअटर जहाजले करिव ७ महिना पछि ताप्लेजुङको सुकेटार बिमानस्थलमा बुधवार उडान भरेको छ । काठमाडौबाट ३ जना यात्रु लिएर आएको बिमान सुकेटारबाट काठमाडौ भने रिक्तै गएको नेपाल नागरिक उड्ययन प्राधिकरण,ताप्लेजुङ नागरिक उड्ययन कार्यालय सुकेटारका मिानस्थलका बरिष्ठ अधिकृत सुजन गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार सुकेटारमा अन्तिम पटक गत चैत १० गते नेपाल एअर लाइन्सको जहाजले काठमाडौ–ताप्लेजुङ–काठमाडौ उडान भरेको थियो । त्यसबेला भने काठमाडौबाट १४ यात्रु लिएर आएको बिमानले फर्कदा ८ यात्रु लिएर गएको थियो । त्यसयता भने बुधवार सुकेटारमा नेपाल एअरलान्सले पहिलो उडान भरेको हो । बिमानमार्फत यात्रा गर्नेका लागि नेगेटिभ पीसीआर रिर्पोट अनिवार्य गरिएकोले सम्पर्कमा आएपनि यात्रु भने कम भएको बताइन्छ । नेपाल एअरलाइन्सले अब हप्ताको २ दिन बुधबार र शनिवार काठमाडौ–ताप्लेजुङ–काठमाडौ उडान गर्नेगरी तालिका सार्वजनिक गरेको छ । ताप्लेजुङ इञ्चार्ज लोकेन्द्र लिम्बूका अनुसार काठमाडौबाट ताप्लेजुङ सम्म यात्रा गर्नेले जनही ६ हजार ८४० र ताप्लेजुङ–काठमाडौका लागि ६ हजार ७४० रुपैंया भाडा तिनुपर्ने हुन्छ । पर्यटनमन्त्री योगेशकुमार भट्टराइको गृह जिल्लामा यसअघि नै नेपाल एअर लाइन्सले काठमाडौ–ताप्लेजुङ–काठमाडौ उडान सार्वजनिक गरेपनि बल्ल बुधवारबाट मात्र उडान सुरु भएको हो । मन्त्री भट्टराइले गत असोज २१ गते ताप्लेजुङको ओलाङ्चुङगोलामा स्थापित बिओपी उद्घाटनका क्रममा काठमाडौ–ताप्लेजुङ–काठमाडौ र बिराटनगर–ताप्लेजुङ–बिराटनगरको उडान समेत सुरु गर्ने बताउनु भएको थियो । तर,अहिले सम्म बिराटनगर–ताप्लेजुङ–बिराटनगरको उडान तालिका बनेको छैन । सुकेटार बिमानस्थलमा सीता एअरले पनि प्रत्येक साताको सोमवार र शुक्रबार काठमाडौ–ताप्लेजुङ–काठमाडौ नियमित उडान भर्दै आइ रहेको छ । नियमित बाहेक चार्टर उडान भने आवश्यकता अनुसार गर्दै आएको नागरिक उड्ययन कार्यालय सुकेटारले जानकारी दिएको छ । उसले पनि झापाको भद्रपुर–ताप्लेजुङ–भद्रपुर उडान गर्ने घोषणा गरेपनि त्यो उडान भने गरेको छैन ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts