कात्तिक १५ गते मध्यरात सम्मका लागि ताप्लेजुङमा पनि लाग्यो निशेधाज्ञा,साँझ ८ बजे देखि हिड्डुलमा प्रतिवन्ध

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ३ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सोमवारबाट लागु हुनेगरी जिल्ला भरनै साँझ ८ बजे देखि बिहान ५ बजे सम्म हिड्डुल,बजार र छोटो दुरीका यातायातका साधन सञ्चालन गर्न नपाइने गरी निशेधाज्ञा जारी गरेको छ । तर,लामो दुरी सवारी साधन सञ्चालनमा भने प्रतिवन्ध लगाईएको छैन । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइद्धारा जारी निशेधाज्ञामा जिल्ला भरका सबै मठमन्दिर,गुम्बा,चर्चहरुमा दैनिक रुपमा गरिने नित्य पूजा÷प्रार्थना बाहेक सामुहिक रुपमा भेला जम्मा भइ पूजा,प्रार्थना,भजनकिर्तन,बली पूजा,मूर्ति बिर्सजन लगायतका कार्य गर्न नपाइने भएको छ । यस्तै चाडपर्वको रुपमा सामूहिक रुपमा भेला भइ शुभकामना आदानप्रदान र चियापान जस्ता कार्यक्रमहरु समेत गर्न नपाइने भएको छ । सामूहिका रुपमा कार्यक्रम आयोजना गरी गरिने शिलान्यास,उद्घाटन,प्रशिक्षण,सभा सम्मेलन जस्ता कार्यक्रम गर्नमा समेत निशेधाज्ञाले रोक लगाएको छ । कात्तिक ३ गतेबाट लागु हुने यो निशेधाज्ञा कात्तिक १५ गते राती १२ः०० बजे सम्म जारी रहने जिल्ला प्रशासन कार्यालय कार्यालयका शाखा अधिकृत सूर्यप्रसाद दाहालद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० बमोजिम कोभिड–१९ को बढ्दो जोखिम नियन्त्रणका लागि निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts