|

२४ घण्टामा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,कात्तिक २ । नेपालमा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा २९ सय ४२ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । २४ घण्टामा १४ हजार ८७५ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा २३ सय २६ जना डिस्चार्ज भएको जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts