|

थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण, मृतकको संख्या ७०० नाघ्यो

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असोज ३० । पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४० संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५२२ संक्रमणमुक्त भएका हुन् । देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts