कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका ट्रम्पको अवस्था कस्तो छ?

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी),असोज १९ । कोरोना संक्रमण भएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबारदेखि वासिङटनस्थित द वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरमा उपचाररत छन् । शुक्रबार बिहान आफू र आफ्नी पत्नी मेलानियालाई समेत कोरोना संक्रमण देखिएको र ह्वाइट हाउस निवासमै क्वारेन्टिनमा बस्ने भन्दै ट्विट गरेका ट्रम्पलाई अचानक त्यही दिन अपराह्नतिर अस्पताल लगिएको हो । शनिबार ट्विटरमै भिडियो सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले आफू ‘ठीक’ रहेको जानकारी दिए । तर त्यही दिन उनका चिफ अफ स्टाफ मार्क मेडोसले ‘राष्ट्रपतिमा जुन लक्षण देखिएका छन्, त्यो चिन्ता बढाउने खालका छन्’ भने । फेरि ट्रम्पको उपचारमा संलग्न डाक्टर सिन कनलेले भने ‘राष्ट्रपतिले आराम महसुस गरिरहेको’ बताए । यसरी फरक फरक अभिव्यक्ति आएपछि वास्तवमा ट्रम्पको अवस्था के हो भन्ने अन्योल सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खासगरी उनका चिफ अफ स्टाफ मेडोसको भनाइले शंका उत्पन्न गराएको हो। किनकि उनले भनेका छन्, ‘अबको २ दिन निकै महत्वपूर्ण छ । त्यसबेला मात्र हामीले रोगको गम्भीरताबारे सही जानकारी पाउन सक्नेछौं। अहिले स्पष्ट रूपमा केही भन्न सक्दैनौं । ’वाल्टर रिड अस्पतालका डाक्टरले सञ्चारमाध्यमलाई यस विषयमा खासै जानकारी दिन नमानेको बताइएको छ । कतिपय सञ्चारमाध्यमले ट्रम्प पहिलेदेखि नै बिरामी रहेको आशंका गरेका छन् । ह्वाइट हाउससम्बद्ध दुई स्रोतका अनुसार ट्रम्पलाई शुक्रबार बिहानैदेखि सास फेर्न गाह्रो भइरहेको थियो । उनलाई ह्वाइट हाउसमै अक्सिजन दिइएको थियो। त्यसपछि उनलाई अस्पताल लगिएको हो । तर ट्रम्पका डाक्टर कोनलेले यो कुरा अस्विकार गरेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts