असामाजिक क्रियाकलाप गरेको अभियोगमा होटल सञ्चालक सहित २ जना पक्राउ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १३ । ताप्लेजुङ सदरमुकाम फुङलिङको बीरेन्द्र चौकमा सञ्चालित होटलमार्फत असामाजिक कृयाकलाप गरेको अभियोगमा प्रहरीले होटल सञ्चालक सहित २ जनालाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी होहल्ला गर्ने,होटल सञ्चालनका नाममा असामाजिक क्रियाकलाप सञ्चालन गर्ने र त्यसका कारण शान्तिसुरक्षामा असर पुग्ने भन्दै प्रहरीले होटल सञ्चालक महिला र अर्का एक पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले पक्राउ परेका २ जनामाथि अभद्र व्यवहार सम्वन्धी मुद्दा दर्ता गरी आवश्यक कानुनी कारवाही अघि बढाईएको जानकारी दिनुभयो । होटल सञ्चालनका नाममा असामाजिक क्रियाकलाप हुने र समाजमा प्रतिकुल असर परिरहेको जानकारी आएपछि प्रहरीले गरेको ‘सर्च’अभियान सञ्चालन गरेको थियो । प्रहरीले असामाजिक क्रियाकलाप हुने गरेको भन्दै अन्य क्षेत्रबाट आईरहेका गुनासोहरुका बारेमा थप सम्बेदनसशिल भएर अनुसन्धान गरिरहेको समेत जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts