| |

ताप्लेजुङमा प्राइम बैंकका कर्मचारीमा पनि संक्रमण पुष्टि, बैंक आसपासका पसलसमेत सिल

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ८ ।
ताप्लेजुङको फुङ्लिङस्थित प्राइम बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै बिहीबार साँझबाट वीरेन्द्रचौकस्थित प्राइम बैंक आसपासको बजार पसल समेत सिल गरिएको छ । प्रहरीले प्राइम बैंक नजिक वीरेन्द्रचौकका बजार पसल बन्द गरी सावधानीपूर्वक होम आइसोलेसनमा बस्न आव्हान गरेको छ । माइकिङ गर्दै प्रहरीले संक्रमित व्यक्ति बढी आउजाउ हुने क्षेत्रका बजार पसल बन्द गर्न आग्रह गरेको हो ।
प्राइम बैंक सिल गरिएको छ भने सो घरमा बस्ने सबैलाई कम्तिमा १४ दिन होम आइसोलेनमा बस्न आग्रह गरिएको छ । संक्रमित बैंकका कर्मचारी र नोबेल मेडिकल कलेजमा बिराटनगर तथा झापाको कन्काइ अस्पतालमा उपचार गराई फर्किएका फक्ताङ्लुङ गाउँपालिकाका संक्रमित वद्ध समेत २ जनालाई ताप्लेजुङ अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । बैंकमा कार्यरत संक्रमित कर्मचारी केहिदिन अघि मात्र आफ्नो घर बिराटनगर पुगेर फर्किएका थिए ।
कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चागागाईंले सावधानी अपनाउन, संक्रमित जिल्लाबाट फर्किएकाहरुले कम्तिमा १४ दिन कडाइपूर्वक होम आइसोलेसनमा बस्न र व्यक्तिगत स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गर्नुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts