लिम्बुवानद्वारा १०+१ प्रान्त सुनिश्चित गर्न माग
उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ४ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संविधान संशोधन गरी लिम्बुवानसहितको १०+१ प्रान्त सुनिश्चित गर्न मा गरेको छ । संविधान दिवसलाई कालो दिनका रुपमा लिँदै शनिबार मञ्चसम्वद्ध संघीय लिम्बुवान मञ्च ताप्लेजुङले १०+१ प्रान्त सुनिश्चित गर्न माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
२०७२ असोज ३ गते पहिचानवादीहरुले माग गर्दै आएको १०+१ प्रान्तलाई निषेध गर्दै पहिचान सिध्याउनेगरी ७ प्रदेश संरचनाको संबिधान घोषणा गरेदेखि नै सो संबिधानको विरोध गर्दै आएको लिम्बुवानले जनाएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो माग पुरा नभएसम्म असोज ३ गतेलाई कालो दिनका रुपमा लिँदै आन्दोलन जारी राख्ने लिम्बुवानले जनाएको छ ।
संबिधान संशोधन गरी लिम्बुवान, खम्बुवान, शेर्पा, तामाङसालिङ, नेवाः, तमुवान, मगरात, खसान, थरुहट, मधेश र दलित शिल्पी १०+१ प्रान्तहरु र बिशेष स्वायत्त क्षेत्रहरु सुनिश्चित गनै लिम्बुवानले माग राखेको छ । उक्त मागहरुसहितको ज्ञापनपत्र केन्द्रीय उपमहासचिव इन्दिरा मेन्याङ्बोसहित लिम्बुवानका केन्द्र तथा जिल्लास्तरीय नेतृत्वको टोलीले प्रजिअ झरेन्द्रप्रसाद चापागाईंलाई बुझाएका हुन् ।