| |

विप्लव समूहका जिल्ला सेक्रेटरी मेन्याङ्बो जेल चलान्

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २८ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ताप्लेजुङ जिल्ला सेक्रेटरी किशोर मेन्याङ्बो लिम्बू पक्राउ परेका छन् । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिँवाबाट लुकिछिपी हिड्दै गरेको अवस्थामा विप्लव समूहका जिल्ला सेक्रेटरी मेन्याङ्बोलाई प्रहरीले पक्राउ गरेको हो ।
ताप्लेजुङकै पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बु घर भएका मेन्याङ्बोलाई दर्जनौ मोबाइलका सिमकार्ड, विभिन्न दस्तावेजसहित पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका मेन्याङ्बोलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान् गरिएको पनि प्रनाउ श्रेष्ठले बताउनुभयो ।
मेन्याङ्बोविरुद्ध विभिन्न ठाउँमा बम विस्फोट गराएको घटनामा संलग्न रहेको भनी पहिले नै मुद्दा दर्ता भएको थियो । प्रहरीका अनुसार बम विस्फोट घटनामा संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएपछि प्रहरीले मेन्याङ्बोको खोजी कार्य जारी राखेको थियो । यता उनीमाथि अनुसन्धानको कार्य पनि हुँदै आएको प्रनाउ श्रेष्ठले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts