|

दुई हजार २८७ संक्रमित निको भएर घर फर्किए, ९०२ थपिए

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
काठमाडौँ, भदौ २३ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ९०२ सङ्क्रमित थपिएका छन् भने दुई हजार २८७ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४८ हजार १३८ पुगेको छ । सकृय सङ्क्रमित १४ हजार ८६८ रहेका छन् ।
प्रवक्ता डा. गौतमले निको हुन दर ६८.५ प्रतिशत पुगेको र हालसम्म ३२ हजार ९६४ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केको बताउनुभयो । पछिल्लो २४ घण्टामा दुई हजार २८७ जना निको भएका छन् । आइसोलेसनमा १४ हजार ८६८ रहेका छन् । क्वारेन्टिनमा पाँचहजार ३१० जना सङ्क्रमित रहेका छन् ।
पछिल्लो चौबीस घण्टामा छ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा तीनसय छ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । यस्तै, आइसीयूमा १४४ जना र भेन्टिलेटरमा २३ रहेका छन् । यता कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लाहरुमा मोरङ, सुनसरी, धनुषा, सर्लाही, पर्सा, बारा, रौतहट, सर्लाही, ललितपुर, काठमाडौं, चितवन, रुपन्देही रहेका छन् । प्रवक्ता गौतमका अनुसार ताप्लेजुङ, मुगु, डोल्पा, मनाङ, मुस्ताङ र हुम्ला गरेर छ वटा जिल्लामा कोरोना संक्रमण शून्यमा झरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts