क्लासिकटेकको इन्ट्रानेट बझाङ,बाजुरादेखि ताप्लेजुङसम्म

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ २३ । इन्टरनेट सेवाप्रदायक क्लासिकटेक प्रालिले पश्चिमको बझाङ, बाजुरादेखि पूर्वमाताप्लेजुङसम्मआफ्नो इन्ट्रानेट सेवाविस्तार गरेर सेवाउपलब्ध गराएको छ । कम्पनीले इन्ट्रानेट सेवाविशेषगरी बैंक तथावित्तीय संस्थाको लागिनिरन्तर मागअनुसार जडान गर्दै आएको छ । लकडाउनको समयमापनिनिरन्तर जडान र ग्राहकलाई सेवाप्रदानगर्दै आएको छ । कोरोना संक्रमणको जोखिमसँगै प्रयोग हुँदै आएको टेली मेडिसिन सेवामापनिकम्पनी यो सेवाउपयोग गर्न सकिन्छ । देशकादुर्गम भेगहरुमा टेलीमेडिसिन सेवाप्रयोग र उपयोग गरेर डाक्टरहरुले बिरामीको उपचार गर्न सकिन्छ। यसको लागि क्लासिकटेकको गुणस्तरीय र भरपर्दो सेवाले टेलीमेडिसिन सेवालाई विश्वसनीयबनाउने जारी विज्ञप्तिमा उल्लेख छ । क्लासिकटेकले ग्रामीण भेगकाकतिपय स्थानमाविद्युत्को उपलब्धतानभएपनि सो स्थानमा सोलार प्रणालीमार्फत इन्ट्रानेट सेवाउपलब्ध गराएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts