| |

तावाखोलामा दुई युवक बेपत्ता

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २१ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमका दुईजना युवक स्थानीय तावा खोलाले बगाएर बेपत्ता भएका छन् । शनिबार दिउँसो माछा मार्ने क्रममा तावाखोलाले बगाएर सुरुम्खिमका ३२ वर्षीय सूर्यमान लिम्बू र ३६ वर्षीय सुमन लिम्बू बेपत्ता भएका हुन् ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले दुई युवकलाई खोलाले बगाएर बेपत्ता बनाएको भन्ने खबर पाउनासाथ प्रहरीचौकी खेबाङबाट प्रहरी टोली घटनास्थलतर्फ खटाएको जानकारी दिनुभयो । प्रहरी र स्थानीय सहितको टोलीले बेपत्ता हुनेको खोजी कार्य जारी राखेको पनि प्रनाउ श्रेष्ठले बताउनुभयो ।
सिरिजङ्घा गाउँपालिका–७ खेबाङ र सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमको सिमाना भई बग्ने तावाखोलाको लुम्ला भन्ने ठाउँबाट उनीहरु बगेर बेपत्ता भएको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts