ताप्लेजुङबाट थप ५३ जनाको स्वाब परीक्षणका लागि पठाईयो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १० । ताप्लेजुङबाट थप ५३ जनाको स्वाब परीक्षणका लागि पठाईएको छ । ताप्लेजुङ सदरमुकामबाट २६ र सिरिजङ्घा गाउँपालिकाबाट २७ गरी कूल ५३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक अस्पताल बिराटनगर पठाईएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ । समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले बुधवार या बिहीबार सम्ममा स्वाब परीक्षणको नतिजा आउने जानकारी दिनुभयो। अहिले सम्म यहाँ साढे ५ सय ३ जनाको पीसीआर परीक्षण गरी नतिजा आई सकेको छ । ति मध्ये ८ जनामा कोरोना संक्रमण देखा परेपनि अहिले भने संक्रमित सबैले कोरोना जितेर घर फर्कि सकेका छन् । अहिलेको अवस्थामा ताप्लेजुङ पूर्णतया कोरोना संक्रमण शुन्य जिल्ला बनेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts