एकाबिहानै ३ जना कोरोना संक्रमितको मृत्यु पुष्टी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ १० । बिराटनगर,पाटन अस्पताल ललितपुर र बाँकेमा गरी बुधवार बिहान मात्र ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका–११ मा बस्दै आउनु भएकी ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो । मंगलबार दिउँसो भर्ना हुनु भएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिनुभयो । यस्तै ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ । यता,बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts